म्यानमारकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेका छन् ।   बिहान ११ बजे पुगेका उनले झण्डै एक घण्टा पाटन क्षेत्रको घुमफिर गरेका थिए । "/>

म्यानमारकी प्रथम महिला पाटनमा मख्ख

म्यानमारकी प्रथम महिला पाटनमा मख्ख

केन्द्रबिन्दु
0
Shares

म्यानमारकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेका छन् ।  बिहान ११ बजे पुगेका उनले झण्डै एक घण्टा पाटन क्षेत्रको घुमफिर गरेका थिए । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो । 

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए  । उनले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राखेको प्याकुरेलले बताए । 

उनले भने, “विशेष गरेर यहाँका झाँकीमा उहाँले चासो देखाउनुभएको छ ।” हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) सम्मेलनका लागि उनी नेपाल आएका हुन् ।

Skip This
Skip This
Logo