‘गोरु ब्याउदैन, तिमीलाई ज्वाईं भन्न त्यति सुहाउदैन’ राम थापा र तारा थापाले गाएको गीत ‘कटर कटरमा’ मा यी हरफ उल्लेख छन् । तर गोरु नब्याए पनि गोरुले दुध भने दिने रहेछ ।
सुन्दै अपत्यारिला लाग्ने कुराहरु पनि कहिलेकाही साँचो भैदिन्छ । हो, सिन्धुपाल्चोकमा यस्तै भएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङले पालेको गोरुले दुध दिन थालेपछि यो कुरा नपत्याई सुखै भएन ।
गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिने गरेको तामाङ्ले जानकारी दिए । अहिले गोरुको दुध दुहेको हेर्न जानेहरुको घुइचो लाग्ने गरेको छ । उनीहरुले गोरुको दुध प्रसाद भन्दै खाने गरेका छन् । गोरुको अण्डकोश छेउमा दुधको थुन पलाएको छ । थुन बढेको केही समयपछि दुधको थोपा खसेको र आफुले दुहेर हेरेको जानकारी दिए । अहिले स्थानीयले गोरुलाई शिवजीको बाहन साढे नन्दीका रुपमा लिन थालेका छन् ।
गोरुले दिएको दुधको स्वाद गाईको जस्तै छ । तामाङ्ले यो गोरु अन्तैबाट किनेर ल्याएको बताए ।
भिडियो प्ले नभए यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ
हेर्नुहोस् भिडियो































प्रतिक्रिया