विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर एक नेपालीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । २० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
बिहीबार काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित एक कार्यक्रममा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो । पुस्तकको उपशीर्षक भने ‘द ब्रेन’ रहेको छ । पुस्तक ५० पृष्ठको छ । यो पुस्तक मानव मस्तिष्कको विकासका बारेमा लेखिएको छ । उनी किस्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् ।

यस अघि हिजो नै नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसी लगातार ९० घण्टा २ मिनेट लगातार भाषण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।





























प्रतिक्रिया