नेकपाभित्र भागवण्डा नमिल्दा प्रतिनिधिसभाका विषयगत समितिको सभापति चयनको मिति फेरि सरेको छ । शनिबार मनोनयन दर्ता गर्ने र १७ गते आइतबार बिहान प्रतिनिधिसभाका दशवटै समितिको सभापति चयन गर्ने गरि तोकिएको मिति स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयले सूचना प्रकाशित गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विमस्टेक सम्मेलनमा व्यस्त भएपछि संसदीय समितिको सभापतिबारे छलफल गर्न नपाइएपछि नेकपाको आग्रहमा संसद सचिवालयले चुनावको मिति सारेको हो ।
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि र सार्वजनिक लेखा समिति छन् ।































प्रतिक्रिया