बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का लागि नेपाल आएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको (रिट्रिट) सोल्टी होटलमा चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिट्रिट आयोजना गरेका हुन् । पाहुनाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले स्वागत गरेका छन् ।
यसअघि गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरिएपनि बौद्ध–जोरपाटी–साँखु सडक बनाउने काम नभ्याइएकाले सोल्टी होटलमै रिट्रिट आयोजना गरिएको हो । रिट्रिटपछि सामूहित तस्वीर खिचाउने कार्यक्रम छ ।





























प्रतिक्रिया