नुवाकोट

नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ प्रदेश राख्नु पर्ने माग गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा मार्फत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । "/>

प्रदेश नं ३ : नेवा ताम्सालिङ प्रदेश नामाकरण गर्न माग

प्रदेश नं ३ : नेवा ताम्सालिङ प्रदेश नामाकरण गर्न माग

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ प्रदेश राख्नु पर्ने माग गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा मार्फत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नं ३ नेवार र तामाङ लगायतका आदीवासी जनजाती समुदायहरुको ऐतिहासिक वासस्थल रहेको भन्दै तत्काल प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ प्रदेश राख्न माग गरेको छ । समितिले प्रदेशको मुख्य समुदाय र उनीहरुको ऐतिहासिक सभ्यता, संस्कृति र भुगोललाई हेर्दै बहुपहिचानको आधारमा प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ उपयुक्त हने माग नेवा ताम्सालिङ समन्वय समिति नुवाकोटले राखेको छ ।

समितिले प्रदेश नं ३ का अधिकांश नागरिकहरुले नेवार र तामाङ भाषाको प्रयोग गर्ने भन्दै बहुभाषाको आधारमा प्रदेश नं ३ को कामकाजी भाषाको रुपमा समेत नेपाल भाषा र तामाङ भाषालाई तोक्न माग गरेको छ । साथै समतिले प्रदेश नं ३ को विद्यालय तथा विश्वविद्यालयमा आदीवासी समुदायले बोल्ने मातृभाषामा पठनपाठन गराउन समेत प्रजिअ मार्फत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष माग गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo