काठमाडौँ

अन्तिम समयमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र म्यानमारका विदेशमन्त्री आङसाङ सुची बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएनन् । "/>

आउने तय भएपनि बिम्स्टेकमा सुकी र सुष्मा किन आएनन् ? यस्तो छ कारण !

आउने तय भएपनि बिम्स्टेकमा सुकी र सुष्मा किन आएनन् ? यस्तो छ कारण !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अन्तिम समयमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र म्यानमारका विदेशमन्त्री आङसाङ सुची बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएनन् । भुटानमा निर्वाचन हुन लागेकाले सरकारले सचिवलाई नै प्रतिनिधित्व गराएको हो ।

भारत र म्यानमारबाट नेपालले विदेश मन्त्रीकै अपेक्षा गरेको थियो । श्रीलंकाबाट भने पहिले बसन्ता आउने निश्चित थियो । भारतबाट मोदीसँग विरलै भ्रमणमा निस्कने सुष्मालाई यसपटक मोदीले सामेल नगराएको हुन सक्ने अनुमान परराष्ट्र अधिकारीको छ ।

सुकी रोहिंगाको समस्याले आलोचित भएको र भ्रमणमा उनको भूमिका पनि नरहने भएकाले नआएको हुन सक्ने परराष्ट्र अधिकारीको अनुमान छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित सुकी सरकार प्रमुखकै हैसियतमा रहेकी र उनको अनुपस्थिति बिम्स्टेकमा केही अपुग हुन गएको परराष्ट्र अधिकारीले बताए ।

बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा सम्मेलनले जोड दिने बताइएको छ । सम्मेलन लगत्तै भारतको पुणेमा बिम्स्टेक सदस्य राष्ट्र सहितको सैन्य सम्मेलन हुने विषयले पनि चर्चा पाएको छ । सदस्य राष्ट्रहरूबीच बीबीसीले बाहिर ल्याएको उक्त सैन्य सम्मेलनबारेमा पनि छलफल भएको थियो । सम्मेलनमा सुरक्षा र प्राकृतिक प्रकोपमा नयाँ रणनीति र ‘बेस्ट प्राक्टिस’ आदानप्रदानमा छलफल हुनेछ ।

भारतमा हुने सैन्य सम्मेलनमा भारतको स्वार्थ रहेको विश्लेषण गरिएको भए पनि भारतले यस क्षेत्रको सुरक्षाबारे यस्तो सहकार्य आगामी दिनमा समेत गर्दै जानुपर्ने बताउँदै आएको छ । भदौको २६ मा हुने पाँच दिने सम्मेलनले यस क्षेत्रको आतंकवाद, विपद् र मानव बेचबिखनविरुद्ध गर्न सकिने रोकथामबारे केही निर्णय लिनेछ। त्यसको आधार शिखर सम्मेलनको घोषणापत्रले तय गर्नेछ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo