रत्ननगर

दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले विहिबार नियन्त्रणमा लिएको छ । "/>

चितवनमा नरभंक्षी बाघ नियन्त्रणमा

चितवनमा नरभंक्षी बाघ नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

रत्ननगर

दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले विहिबार नियन्त्रणमा लिएको छ । बाघलाई डाटगन मार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

गत भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई हिजो साँझ ६ः४२ बजे नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । बिहान देखिको ठूलो कसरतपछि मात्र बाघ समातिएको डा गैरेले बताए ।

६ वटा हात्तीको प्रयोग गरेर विगत पाँच दिन देखिको प्रयासमा बाघ समातिएको हो । यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन । बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिनेछ ।
रासस

Logo