काठमाडौँ
आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनका एजेण्डा निर्धारण गर्दै १६ औं मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले हिजो सम्पन्न पदाधिकारी (परराष्ट्र सचिव) स्तरीय बैठकले तय गरेका एजेन्डा माथि छलफल गर्दै आज देखि सुरु हुने शिखर सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो । बैठकले शिखरसम्मेलनले जारी गर्ने घोषणापत्रको मस्यौदा स्वीकृत गरेको छ ।
बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बिमस्टेकलाई आर्थिक सामाजिक हितका क्षेत्रमा केन्द्रित गराउने विषयबस्तुमा छलफलहरु केन्द्रित रहेको बताए । मन्त्रीस्तरीय बैठकले विद्युतीय ग्रिडको अन्तर आवद्दताबारे शिखर सम्मेलनमा हुने संझौतापत्रमा हस्ताक्षर गर्ने एजेण्डा र त्यसको मस्यौदा लाई स्वीकृत गरेको छ ।
त्यस्तै बिमस्टेकका सबै सहयोगका क्षेत्रबारे समिक्षा गर्दै संगठनलाई अझ परिणाममूखी र प्रभावकारी बनाउने सहमति पनि भएको जनाइएको छ ।
बैठकले बिमस्टेकका महासचिवले पेश गरेका विभिन्न प्रतिवेदनलाई पनि स्वीकृत गरेको छ । बैठकमा उनले सदस्य राष्ट्रबीच भन्सार मामिलामा आपसी सहयोग, सवारी आवागमन, ब्यापार सहजीकरण संबन्धी संझौताका मस्यौदालाई अन्तिम रुप दिन भइरहेका उपलब्धीबारे जानकारी गराएका थिए । महासचिवले बिमस्टेक यातायात सञ्जाल गुरुयोजना आगामी सेप्टेम्बर सम्ममा तयार हुने गरी काम भइरहेको जानकारी बैठकलाई गराएका थिए ।
नागरिकबाट































प्रतिक्रिया