काठमाडौं

यसपालिको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । "/>

यो दशैँमा पनि राजधानीमा मेलम्ची नआउने निश्चित

यो दशैँमा पनि राजधानीमा मेलम्ची नआउने निश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

यसपालिको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । खानेपानी मन्त्री देखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले यो चाहना पूरा नहुने मजदूरहरूले बताएका छन् ।

सुरुङ गत चैतमै छिचोलिए पनि त्यहाँ फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । २७ किमी सुरुङ मध्ये अहिलेसम्म १० किमि मात्रै ढलान भएको छ । अहिले दैनिक ५०/६० मिटरको दरले सुरुङ ढलान भइरहेको छ ।

यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ । एकजना प्राविधिक भन्छन्– ‘यो दशैंमै मेलम्चीको पानी सुन्दरीजल सम्म ल्याउन अहिलेको कामको गतिलाई दोब्बर बढाउनुपर्छ । त्यस्तै दैनिक २ सय ८५ मिटरको दरले सुरुङमा ढलान हुनुपर्दछ ।’

अहिले सुन्दरीजल, अम्बाथान, सिन्धु र ग्याल्थुम खण्डमा २/२ खण्ड गरी काम भएको र अम्बाथान र सिन्धुमा १/१ खण्डबाट सुरु गरिएको ढलानको काम सम्पन्न हुन लागेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

यस्तै मेलम्चीको पानी सुन्दरीजलमा खसाले लगत्तै पानी खुवाउन सकिँदैन । मुख्य शहरी क्षेत्र बाहेकमा पानी खुवाउन ६ महिना लाग्ने निर्देशनालयले नै जनाएको छ । पानी प्रशोधन केन्द्रदेखि पानी पोखरी र पाइपलाइनको पुरै प्रणाली जाँच गर्न ६ महिनासम्म लाग्ने निर्देशनालयको दाबी छ ।

निर्देशनालय अन्तर्गत भैरहेको थोक वितरण र वितरण संजालको पाइपलाइन बिछ्याउने काम अझै सकिएको छैन । १ हजार वितरण संजाल मध्ये हालसम्म ७ सय ३० किमि मात्रै बिछ्याइएको छ । १० स्थानमा पानी बाँडेर पानीपोखरी बन्नुपर्नेमा भक्तपुरको कटुन्जेमा भर्खर जग हालिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo