काठमाडौं

तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । "/>

ओली–नेपाल खटपट : यस्तो छ कारण !

ओली–नेपाल खटपट : यस्तो छ कारण !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । जिल्ला कमिटीहरूमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ ।

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपाल निकट नेताहरु काठमाडौं आउन थालेका छन् । नेतृत्व चयन गर्दा बदनीयत राखेर अन्याय गरिएको भन्दै अर्घाखाँची जिल्लाका पुराना नेता रामबहादुर चौहान काठमाडौं आएका छन् । तत्कालीन एमाले जिल्ला सचिव रहेका चौहान अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य र उपाध्यक्ष जीवनारायण कोइराला पार्टीको प्रदेश समिति सदस्य भएकाले वरियताक्रम अनुसार अध्यक्ष आफू हुनुपर्ने दाबी गर्छन् ।

तर जिल्लास्थित कार्यदलले भने चौहानलाई जानकारी समेत नगराई २०६९ को अधिवेशनमा उनैसँग जिल्ला सचिवमा पराजित पिताम्बर आचार्यलाई अध्यक्षमा सिफारिस गरेर अनुमोदनका लागि प्रदेश समितिमा पठाएको छ । आफूलाई जानकारी समेत नगराई जुनियरलाई अध्यक्षमा रिफारिस गरिएपछि उनी असन्तुष्ट भएका हुन् । चौहान जबरजस्ती नेतृत्व चयन गर्ने कार्यदललाई कारबाही गर्नुपर्ने बताउँछन् ।

पूर्वएमाले र पूर्वमाओवादी बीच एकता भई बनेको नेकपामा जिल्ला तहको नेतृत्व बाँडफाँट भएको छ । अर्घाखाँची पूर्वएमालेको भागमा परेको छ । त्यस्तै पूर्वएमालेको भागमा परेको बाँकेमा पनि जिल्ला नेतृत्व चयनमा विवाद देखिएको छ । त्यहाँ पनि ओली पक्षले माधव नेपाल समर्थक नेतालाई पेलेर जिल्ला अध्यक्ष सिफारिस गरेको छ । रोल्पा, कञ्चनपुरसँगै प्रदेश नम्बर ४ र ५ का अधिकांश जिल्लामा आफूहरूलाई पेलेर ओली पक्षले एकलौटी रुपमा जिल्ला नेतृत्व सिफारिस गरेको नेपाल पक्षको आरोप छ ।
नागरिकबाट

Logo