काठमाडौं
काभ्रेमा आगजनी गरेको मुद्दामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य शिलु भनिने उमा भुजेललाई काठमाडौं प्रहरीले पक्राउ गरी काभ्रे पठाएको छ ।
विप्लवले गठन गरेका जनसत्ता अन्तर्गत संसदकी सभामुख पनि रहेकी भुजेलले जनयुद्धका समयमा तत्कालीन माओवादी पार्टीमा ब्रिगेड कमाण्डर र कमिश्नारको भूमिका निर्वाह गरेकी थिइन् । गोरखा जेल ब्रेक गर्दाकी कमाण्डर उनी माओवादी शान्ति प्रक्रियामा फर्किएपछि अन्तरिम संसदकी सदस्य पनि भएकी थिइन् ।
गृह मन्त्रालयले विप्लवका सबै कार्यकर्ता पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई अतिगोप्य पत्राचार गरेको बताइन्छ । पुराना र नयाँ घटनालाई ब्यूँताएर मुद्दा चलाउने तयारी सरकारले गरेको छ ।
उच्च प्रहरी स्रोतका अनुसार विप्लवले सैन्य गतिविधिका लागि तत्कालीन माओवादीका सैन्य विभागमा अनुभवीको साथ लिएर काम थालेको गोप्य सूचना छ । त्यही सूचना गृहमन्त्री बादलसमक्ष पुगेपछि विप्लवका कार्यकतालाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।
राजधानीबाट































प्रतिक्रिया