जाजरकोट
जिल्लाको छेडागाड ४ की चन्द्रकला खत्रीको उमेर अहिले २० वर्ष मात्र भयो । कानुन अनुसार उनको अहिले बिहे गर्ने उमेर पुगेको छ । तर उनी दुई वर्ष अघि नै विधुवा भइसकेकी छिन् ।
२० वर्ष नपुग्दै उनले धेरै उताडचडावको सामना गर्दै आएकी छिन् । १४ वर्षको उमेरमै विवाह गरेकी चन्द्रकलाका श्रीमान भीमबहादुर थापाको दुई वर्ष अघि नै रक्त क्यान्सर (ब्लड क्यान्सर) भएर मृत्यु भएपछि उनको जीवनमा ठूलो बज्रपात पर्यो ।
उनीसँग अहिले साँढे तीन वर्षका एक छोरा र साढे दुई वर्षकी एक छोरी छन् । दुई बच्चाको लालनपालनमा उनलाई निकै सकस परेको छ । घरपरिवारले आश्रय नदिएपछि उनी माइतीको शरणमा बस्दै आएकी छिन् । उनको माइती सोही नगरपालिका १२ कार्कीगाँउ हो । नागरिकता समेत नबनाएकी उनको बाल संवेदनशील सामाजिक संरक्षण कार्यक्रमकी संयोजक कौशिला चन्द र न्यायायीक समितिको पहलमा नागरिकता बनेको छ ।
श्रीमानकै नामबाट नागरिकता बनाएपछि उनको श्रीमानसँगको विवाहको नाता पनि कायम भएको छ । नाता कायम गराउन र नागरिकता दिलाउन ठूलै संघर्ष गर्नु परेको चन्दको भनाइ छ।
बालबच्चा साना छन् । माइतीमा कति बस्नु । हातमा सीप छैन । घरमा बसेर कसरी यी लालाबाला पाल्नु उनले आफ्नो पीडा सुनाउँदै भनिन् , थाहै नपाएर लहैलहमा बिहे गरियो । सानै उमेरमा विधुवा भइयो, अब कसरी बाँच्ने । आफूले सानै उमेरमा बिहे गरेपनि छोराछोरीलाई भने उमेर नपुगी बिहे नगरिदिने बताइन् । नानीहरुलाई असल मान्छे बनाउने उनको धोको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया