मोरङमा ७० बर्षीया एक महिला र १३ बर्षीया एक बालिका बलात्कृत भएकी छन् । छोरीको घरमा गएकी महिलाको ६० वर्षिय सुन्दरलाल झागडले घरेलु मदिरा सेवन गराई बलात्कार गरेको प्रहरीले जनाएको छ । महिलाको छोरीकी घरमा २ पटक करणी गरेको उजुरीमा उल्लेख छ । प्रहरीले झागडलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।
त्यस्तै धनपाल गाउँपालिकामा एक १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका ४ बस्ने १९ वर्षिय ‘भालु’ भन्ने महेश चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । चौधरीलाई नियन्त्रणमा लिई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।





























प्रतिक्रिया