काठमाडौं

सरकारको नेतृत्व गरेको ६ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्तता देखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन् । "/>

निराश जनता खतरनाक हुन्छन् : प्रधानमन्त्री

निराश जनता खतरनाक हुन्छन् : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारको नेतृत्व गरेको ६ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्तता देखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन् ।

प्रधानमन्त्री ओलीले झन्डै तीन घण्टा लामो अन्तक्रियाका क्रममा भने, ‘निराश जनता खतरनाक हुन्छन् ।’ सम्पादकहरुलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूले देखेका र लागेका कुरा लेख्नुहोस् तर त्यसले जनतामा निराशा भएमा के हुन्छ भन्नेमा विचार गर्नुपर्छ ।’

एउटा व्यक्ति निराश भए आत्महत्या गर्ला तर पूरै नागरिक निराश भए मुलुकको विनाश हुन सक्ने धारणा ओलीको थियो । छलफलको थालनी मुलुकमा राणाशासन देखि भएको राजनीतिक परिवर्तनबाट गरेका प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै देशलाई माया गर्छौं । लोकतन्त्रका लागि हामी सबैको योगदान कमबेसी हुन सक्छ तर हामीले तराजु बोकेका छैनौं ।’

आफूले पिउने नाममा पानी र चिया मात्र पिउने गरेको उल्लेख गर्दै आफूसँग समय भएकाले अध्ययन गर्ने गरेको ओलीले बताए । आफूले अखबार पढ्दा ‘त्यो लेखाइमा व्यवस्थापनको तरिका अनुसार’ पाएको उल्लेख उनले गरे । आफूले तराईमा भएको मानव साङ्लोलाई ‘माखे साङ्लो’ र केही व्यक्तिको निधनमा ‘एकदुई आँप झर्छन्’ भनेको भनी प्रचार गरिएको रुपमा व्याख्या गरिएको प्रसंग समेत उनले उल्लेख गरे ।

निर्मलालाई न्याय

कञ्चनपुरकी १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कार र हत्याको मुद्दामा प्रहरीले सुरुमा गरिरहेको छानबिन ठीकै होला भनेर प्रतीक्षा गरेको र पछि स्थानीयको विरोध भएपछि थप अनुसन्धान सुरु भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । यस्ता घटनामा सुरुमा प्रहरीलाई विश्वास गर्नुपर्ने अवस्था रहेको उनले बताए । त्यही भएर जसलाई आवश्यक पर्छ, त्यसलाई कारबाही गर्ने भनिएको पनि उनले बताए ।

माइतीघर मण्डला

माइतीघर मण्डला पवित्र ठाउँ भएकाले त्यहाँ जुलुस गर्न नहुने अडानलाई ओलीले दोहोर्याए । त्यो ठाउँको अवस्था, ट्राफिकको स्थिति आदिका आधारमा रोक लगाएको उल्लेख गर्दै उनले सर्वोच्चको आदेशपछि त्यो ‘गौरवपूर्ण परम्परा’ निरन्तर भएको बताए ।

भ्रष्टाचारमा शून्य सहनशीलता

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ,’ ओलीले भने, ‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता छ ।’ भ्रष्टाचारको मामिलामा आफूले कदम चाल्नु पर्ने बेलामा कसैको अनुहार नहेर्ने दृढता प्रधानमन्त्रीले व्यक्त गरे । तर आफूले नियुक्ति दिएका व्यक्तिले पनि काम नगरेपछि हटाउन खोज्दा अदालतले पुनस्र्थापित गरेको उनले बताए ।
नागरिकबाट

 

Logo