काठमाडौं

सर्वदलीय र सर्वपक्षीय बैठकले चार बुँदे सहमति गरेपनि शुक्रबार राति ८ बजे देखि लगाइएको कर्फ्यू भने यथावत राखिएको छ । "/>

आइतवार बिहान ५ घन्टाका लागि कर्फ्यू हटाइँदै : कञ्चनपुर काण्ड

आइतवार बिहान ५ घन्टाका लागि कर्फ्यू हटाइँदै : कञ्चनपुर काण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सर्वदलीय र सर्वपक्षीय बैठकले चार बुँदे सहमति गरेपनि शुक्रबार राति ८ बजे देखि लगाइएको कर्फ्यू भने यथावत राखिएको छ । स्थानीय प्रशासनले अर्को आदेश जारी नभए सम्मका लागि कर्फ्यु जारी गरेको थियो । आइतवार बिहान ५ घण्टाका लागि भने कर्फ्यू हट्ने भएको छ ।

जनैपूर्णिमा र रक्षाबन्धन पर्व भएकाले बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । ‘त्यसपछि निरन्तर दिने या नदिने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गरिने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

लगातारको कर्फ्यूका कारण जनजीवन पनि प्रभावित बनेको छ । कर्फ्यूले दिनभर महेन्द्रनगर बजार सुनसान रहेको छ । भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडा क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो ।

यता सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याका सम्बन्धमा शून्यबाटै अनुसन्धान सुरु गरेको छ । समितिले शनिबार देखि घटनाको अनुसन्धान प्रक्रिया सुरु गरेको हो । शनिबार जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग सर्वदलीय र सर्वपक्षीय छलफल गरेर घटनाबारे जानकारी लिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo