काठमाडौं

सरकारले कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनाका परिवारलाई राहत स्वरुप १० / १० लाख दिने निर्णय गरेको छ । "/>

निर्मला र सन्नीका परिवारलाई सरकारको १०/ १० लाख : सन्नीलाई शहीद घोषणा

निर्मला र सन्नीका परिवारलाई सरकारको १०/ १० लाख : सन्नीलाई शहीद घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनाका परिवारलाई राहत स्वरुप १० / १० लाख दिने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक किशोर र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहत स्वरुप १० लाख सहायता दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कञ्चनपुर घट्नामा घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। घट्नामा अंगभंग भई काम गर्न अशक्त हुने अवस्था आएमा त्यस्ता घाइतेलाई उचित आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कञ्चनपुर घटनालाई लिएर शनिबार सर्वदलीय बैठकमा गरिएका सहमति र निर्णयलाई लागू गर्ने निर्णयसमेत गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बैठकले सरकारद्वारा शुरुमा कञ्चनपुर घट्नाको छानबिन गर्न गठित समितिलाई पछिल्ला घट्नाको समेत छानबिन गर्ने जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार एसपी विष्टले घट्नाको समयमा गम्भीर लापारवाही गरेको तथा जिम्मेवारी बहन नगरेको पाइएकाले उनलाई निलम्बन गरिएको हो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo