रौतहट
रौतहट जिल्लाको गौर नगरपालिका ४ स्थित लालबकैया नदीको तिकुलिया घाटमा आज साँझ डुंगा दुर्घटना भएको छ । स्थानीयवासीका अनुसार ४० जना भन्दा धेरै चढेको डुंगा दुर्घटना भएको हो । डुंगामा रहेका केहि पौडिएर निस्किए पनि बाँकी बेपत्ता छन् । उनीहरुको अवस्था पत्ता लागेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार ढकालका अनुसार बेपत्ताको खोजीकार्य भइरहेको छ । अहिले राती भएकाले खोजी र उद्धारमा कठिनाइ भएको छ । डुंगा दुर्घटना लगत्तै सिडिओ लगायत सुरक्षा निकायका प्रमुख घटनास्थलमा पुगेका छन् । दुर्घटनामा बेपत्ताका परिवार चिन्तित छन् । अन्य विवरण प्राप्त हुन सकेको छैन ।































प्रतिक्रिया