कञ्चनपुरमा सर्वपक्षीय बैठक सम्पन्न छ । राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी, आन्दोलनमा सहभागी दबाब समितिको बैठकले ५ बुंदे निर्णय गरेको हो।
बैठकले आन्दोलन स्थगित गर्ने निर्णय समेत गरेको छ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणले उग्र रुप लिएपछि आज बैठक बसेको थियो । शुक्रबार १३ वर्षीय बालक सनिको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि लगाएको कर्फ्यू अझै हटाएको छैन ।
सर्वदलीय बैठक निर्णयहरु
- बैठकले निर्मला पन्त छानबिन आन्दोलनको दुःख व्यक्त गर्दै शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा आग्रह गर्ने।
- मृतकका परिवारको उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने।
- आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्नुपर्ने माग।
- आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालयसमक्ष अनुरोध गर्ने।
- अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सुव्यवस्था बनाइराख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने।
- थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न अपिल।





























प्रतिक्रिया