डडेल्धुरा र काठमाडौँमा पनि प्रदर्शन

डडेल्धुरा र काठमाडौँमा पनि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकी घटनामा सत्य तथ्य अनुसन्धानको माग गर्दै डडेल्धुरा र काठमाडौँमा प्रदर्शन भएको छ । डडेल्धुराका स्थानीयले गत बुधबारदेखि नै प्रदर्शन सुरु गरेका थिए ।

वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र प्रहरीले मानसिक सन्तुलन गुमेका व्यक्तिलाई फसाउन खोजेको भन्दै आन्दोलन गरिएको हो । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो।

यसैबीच निर्मलाको न्यायका निम्ति भन्दै राजधानी काठमाडौँमा पनि प्रदर्शन गरिएको छ । सामाजिक संजालमार्फत भेला भएकाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।

साथीको घरमा गएकी १३ वर्षीय निर्मला पन्त गत साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। यदपि आज मात्रै प्रहरीले निर्मलाका साथी र उनका दिदीलाई पक्राउ गरेका छन् ।

Logo