प्रहरीले थप अनुसन्धानका लागि निर्मला पन्तका साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ । स्थानीयले बिहीबार बेलुकी उनीहरुको घरमा तोडफोड समेत गरेका थिए।
यदपि स्थानीयले भने घटनामा भिआइपीकै संलग्नता रहेको आरोप लगाएका छन् । उनीहरुले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरालाई समेत पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेका थिए ।
परिवारले स्थानीयले गलत व्यक्तिलाई फसाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका छन् । यस क्रममा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ भने २ दर्जन भन्दा बढी घाइते भएका छन् ।





























प्रतिक्रिया