बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिलाउन आज शनिबार काठमाडौंको माइतिघरमा बृहत भेला हुदैछ ।
सामाजिक संजाल प्रयोगकर्ताहरुले स्वतस्फुर्तरुपमा अपरान्ह १२ बजे भेला आव्हान गरेका हुन् । अपराधीलाई कारवाहीको माग गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हुन् । ट्वीटर प्रयोगकर्ताहरुले सामाजिक संजालमा ह्यासट्याग जस्टीस फर निर्मला, रेज अगेन्स्ट रेप जस्ता ट्रेण्ड चलाएका छन् ।
वास्तविक अपराधी लुकाउन प्रहरीले नक्कली अपराधि सार्वजनिक गरेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा हिजो एक बालकको ज्यान गएको थियो । प्रदर्शनमा २ दर्जन भन्दा बढी घाइते भएका छन् ।





























प्रतिक्रिया