महेन्द्रनगरमा कर्फ्यू कायमै, सुरक्षा समितिको बैठक जारी

महेन्द्रनगरमा कर्फ्यू कायमै, सुरक्षा समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको महेन्द्रनगरमा हिजो साँझदेखि लगाइएको कर्फ्यू कायमै राखेको छ । प्रहरीले चलाएको गोलीले एक जना बालकको ज्यान गएपछि कर्फ्यू लगाइएको थियो  । 

प्रहरीले बिहिबार पनि गोली चलाएको थियो  । गोली लागेर ८ जना घाइते भएका थिए  । 

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन भैरहेको छ । प्रहरीले गलत व्यक्तिलाई फसाउन खोजिएको र अपराधीलाई जोगाउन खोजिएको भन्दै स्थानीयले स्वतस्फुर्त रुपमा आन्दोलन गरेका हुन् 

त्यस्तै निर्मला हत्या प्रकरणको छानबिन गर्न बनेको गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको टोली कञ्चनपुर पुगेको छ ।

अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ ।

Logo