काठमाडौँ

कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । "/>

अब हातपात गर्ने कर्मचारी सीधै बर्खास्त

अब हातपात गर्ने कर्मचारी सीधै बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन् ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ । ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात गर्ने र धम्काउने क्रम बढेपछि नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्न लागेको हो ।

केही समय अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा सम्बन्धी विवादमा ट्रेड युनियनका नेताले उपसचिवलाई दुव्र्यवहार गरेका थिए । ट्रेड युनियन यथावत राजनीतिक दल निकट ट्रेड युनियन यथावत रहने भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकमा दलनिकट ट्रेड युनियन यथावत् राख्नुपर्ने राय दिएको छ ।

मन्त्रालयले ट्रेड युनियनमा केही सुधार गरी यथावत् राख्नुपर्ने राय सहित विधेयक बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो । कानुनको परामर्शसँगै संघीय प्रणालीमा राजनीतिक दलनिकट ट्रेड युनियनको अस्तित्व यथावत् रहने निश्चितप्रायः भएको छ । सामान्यले भने विधेयकमा युनियन खारेजीको प्रस्ताव गरेको थियो ।
अन्नपूर्णबाट

Logo