काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्ने भएको छ । "/>

काँग्रेस केन्द्रीय समिति बैठक आज विहान बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक आज विहान बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्षनेताहरु बीच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्ने तय भएको हो ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरु बीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक आजका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए । विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उनले जानकारी दिए । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,” नेता बडूले भने ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचना अनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णय अनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नुभएको उनले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo