खोटाङ

गोठमा बाँधेको भेडा चोरी गरी फरार हुने खोटाङका दुई युवालाई पक्राउ गरि कारागार चलान गरिएको छ । "/>

भेडा चोर्ने दुई युवालाई एक महिना कैद र पन्ध्र हजार जरिवाना

भेडा चोर्ने दुई युवालाई एक महिना कैद र पन्ध्र हजार जरिवाना

केन्द्रबिन्दु
0
Shares

खोटाङ

गोठमा बाँधेको भेडा चोरी गरी फरार हुने खोटाङका दुई युवालाई पक्राउ गरि कारागार चलान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी फरार रहेका सोही नगरपालिका–३ बाम्राङका रविन हिङमाङ र वडा नम्बर–४ खाल्लेका योगेश राईलाई पक्राउ गरी कैद भूक्तानीको लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत खोटाङले दुवै युवाले चोरी गरेको ठहर गरी जनही एक महिनाको कैद सजायँ र १५ हजार रुपैंयाँ जरिवाना तोकेको थियो । फरार रहेका २१ बर्ष उमेरका दुवै जनालाई गत बर्ष भदौ–७ गते सजायँको फैसला गरेकोे थियो ।

सजायँ फैसला गरिएको ठीक एक बर्ष पछि भदौ–७ गते फरार युवाद्वयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका दुवैलाई शुक्रवार फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिएकोमा सोही दिन कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo