काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । "/>

काठमाडौंमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ बन्ने

काठमाडौंमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् । 
 
उनले भने,‘हाम्रो समूहले लामो समय र मेहनतपछि यो काम गर्नेमा पुगेका हौं, घट्स्थापनाको दिन शिलान्यास गरेर तीन वर्षपछि दशैको दिनमा स्काईवाकको उद्घाटन गर्नेछौं ।’उनले अघि थपे,‘मुलकका धेरै स्थानहरु अवलोकन गर्यौं तर राजधानी भन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन, त्यसैले राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा बन्नेछ, लागत २ सय करोड लाग्ने छ ।’
 
सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै प्रालीका अध्यक्ष पोखरेलले भने,‘यस कार्यका लागि सरकारी तवरबाट राम्रो सहयोग पाएका छौं, अन्य क्षेत्रबाट पनि हामीले साथ पाएका छौं, तीन वर्षभित्र निर्माण कार्य पूरा हुन्छ, २३ वर्षको लागि जग्गा लिजमा लिईसकेका छौं, यस स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने हामीले अपेक्षा लिएका छौं।’
 
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालिन् विकास सल्लाहकार गजेन्द्र थपलियाले बिदेशबाट स्वदेश फर्केका यूवाहरुले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताए । विदेश पुगेरपनि स्वदेशमा केही गर्नुपर्छ भन्ने यूवाहरुलाई साथ दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाई छ । उनले भने,‘देख्दा भर्खरकै यूवाजस्ता लागे पनि अनुभव र ज्ञान विशाल छ, हाम्रो टोलीको गहन अध्ययन र मुलुकलाई चिनाउने अर्को एक प्रयासलाई समयमै निर्माण गरेर देखाउनेमा हामी प्रतिवद्ध छौं ।’
 
उनले अघि थपे,‘राष्ट्रको गौरवशाली आयोजनामध्ये योपनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्तपनि उक्तिकै छौं ।’ वन्डर्स नेपालका संस्थापकहरुमा आकर्षण पोखरेलसहित लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, गजेन्द्र थपलिया, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी रहेका छन् ।

Skip This
Skip This
Logo