आफुलाई बिद्यालयबाट ‘रेस्टिगेट’ गरिदिन भन्दै प्रधानाध्यापकलाई मार्मिक पत्र लेख्ने म्याग्दीका पुजा खत्रीलाई बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले सहयोग गर्ने घोषणा गरेका छन् । पत्रकार बुढाथोकीले पुजाको पढाइका लागि १२ कक्षासम्म बार्षिक १० हजार रुपैया सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्थानीय जामुनीखर्क माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत पूजाले घरमा खानेकुरा नभएको र कापीकलम किन्ने पैसासमेत नभएकोले विद्यालय आउन नसक्ने भन्दै भावुक पत्र लेखेकी थिइन्।
‘अर्थ अभावको कारणले विद्यालय छोड्न बाध्य म्याग्दीकी छोरी पुजा क्षेत्रीका लागि हामी बुढाबुढी कुन्ता थापा र गजेन्द्रका तर्फबाट १२ कक्षासम्म वार्षिक १० हजार रुपैयाँ सहयोगको प्रण गर्दछौं ।’बुढाथोकीले फेसबुकमा लेखेका छन् ।
विद्यार्थीको पत्रले स्तब्ध प्रधानाध्यापक सोमनाथ ढुंगानाले स्थानीय निकायको पहलमा उक्त परिवारमा रहेका अन्य बालबालिकाको पढाईका लागि पहल थालेका छन् । पूजा अहिले हजुरबुबा र भाइबहिनीसंग बस्दै आएका छन् ।





























प्रतिक्रिया