मेडासिटी हस्पिटलद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण

मेडासिटी हस्पिटलद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण

केन्द्रबिन्दु
0
Shares

मेडासिटी हस्पिटलले जैन धर्मका अनुयायीहरुको आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ  । श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलकी अध्यक्ष श्रीमती रश्मि जैन एवं पूर्ण महिला मण्डलको नेतृत्वमा नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

तेरापंथ महिला मण्डलको अगुवाईमा मानव स्वास्थ्यलाई महत्व दिदै प्रत्येक नागरिकहरुले सबैभन्दा पहिले आफ्नो स्वास्थ्य प्रति ध्यान दिई सुखी र समृद्ध राष्ट्रको लागि काम गर्नुपर्ने उद्देश्यले अभिप्रेरित गरी स्वास्थ्य परीक्षणको कार्यक्रमको आयोजना गरिएको जनाएको छ । कार्यक्रममा करिब एक सय १ जनाले लाभ लिएका छन् । 

स्वास्थ्य उपचारबाट सबै नागरिकहरुले लाभ पाउन र स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा होस् भन्ने हेतुले उद्योगपति डा. उपेन्द्र महतो तथा डा. समता प्रसादले उत्कृष्ट पूर्वाधार एवं प्रविधियुक्त नेपाल मेडिसिटी अस्पतालको स्थापना गरेका हुन् ।

स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा पुर्याउन यस अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवालाई सुलभ बनाई आम नागरिकहरुले पनि यसको सेवा लिन सक्ने ब्यवस्था गरेको छ । मेडिसिटी अस्पतालले ‘Prevention is better than cure’ को अभियानलाई ‘Preventive Health’  को माध्यमबाट सार्थक रुपमा अगाडि बढाई अस्पतालमा वेलनेश विभागको स्थापना गरेको छ ।

तेरापन्थ महिला मण्डलहरुको अहिंसा, सदाचार, नैतिकता र नशामुक्तिको अभियान प्रति ऐक्यबद्धता जनाउदै नेपाल मेडिसिटी अस्पतालले तेरापन्थी महिलाहरुको पहलमा हुने स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Skip This
Skip This
Logo