कलैया

अपहरण गरी छोराको हत्या भएको भन्दै अम्विका राउत कुर्मी र उनकी पत्नी मीनादेवी जिल्ला प्रहरी कार्यालय बारा धाइरहेका छन् । "/>

छोराको कंकाल बोकेर न्याय खोज्दै राउत दम्पती

छोराको कंकाल बोकेर न्याय खोज्दै राउत दम्पती

केन्द्रबिन्दु
0
Shares

कलैया

अपहरण गरी छोराको हत्या भएको भन्दै अम्विका राउत कुर्मी र उनकी पत्नी मीनादेवी जिल्ला प्रहरी कार्यालय बारा धाइरहेका छन् । तर छोराको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

स्थानीय युवाले गत असार ३० गते जितपुर–सिमरा उपमहानगरपालिका–८ गम्हरगावाका १९ वर्षीय रञ्जन राउत कुर्मीको अपहरण गरी भारतको रक्सौल पुर्‍याएर हत्या गरेको दाबी उनीहरूले गरेका छन् । रोजगारीका लागि असार ३० गते काठमाडौं हिँडेका रञ्जनलाई हड्डी भन्ने अनोज महतो, सरोज महतो (अनोजका दाजु), दिनानाथ महतो ‘धानुक’ र रुना साह तेलीले अपहरण गरी रक्सौलमा लगेर हत्या गरेको अम्बिकाले बताए ।

रञ्जन सम्पर्कविहीन भएपछि उनको खोजीका लागि अम्बिका र उनकी पत्नीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । छोराको खोजी गर्दै जाँदा भदौ २ गते रक्सौलको सहदेवास्थित रेलवे लाइनछेउ झाडीमा कंकाल भेटिएको अम्बिकाले सुनाए । ‘टाउको र शरीरको हड्डीसहितको कंकालमा घरबाट निस्किएका दिन छोराले लगाएको जिन्स पाइन्ट र भित्री कट्टु भेटियो’, जिल्ला सदरमुकाम कलैयामा बिहीबार भेटिएका उनले भने, ‘कपडाकै आधारमा त्यो कंकाल हाम्रै छोरोको हो भनेर ठम्याएका हौं ।

घटनास्थलमा भेटिएको हड्डी र कपडा लिएर सोमबार जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरी निरीक्षकले जाहेरी लिएर आउन भनेपछि निराश भएर फर्किएको उनले बताए । ‘हामी अनपढ मान्छे छौं, जाहेरी कहाँ गएर लेखाउने भन्ने आइडिया नै थिएन । गाउँका केही व्यक्तिले सल्लाह दिएछि बिहीबार कलैयामा आएर वकिलबाट जाहेरी लेख्न लगाउँदै छु’, बारा जिल्ला अदालत अगाडि भेटिएका उनले भने, ‘शुक्रबार यो जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिन्छौं ।’

उनका अनुसार काठमाडौंमा रहेका भिनाजुसँग डकर्मीको काम गर्दै आएका रञ्जन र उनीसँगै काम गर्ने गाउँकै अनोजबीच तीन महिना अघि विवाद भएको थियो। त्यसपछि अनोजले गाउँ फर्किएपछि ज्यान मार्ने धम्की दिएका थिए। त्यही रिसइबी साँध्न अनोजले अरू युवासँग मिलेर रञ्जनको हत्या गरेको आरोप उनले लगाए ।
अन्नपूर्णबाट

Logo