बिद्यार्थीले आफु बिद्यालयमा हाजिर हुन् नसक्दा र माफी माग्नका लागि पत्र लेख्छन् । तर म्याग्दीको बेनी नगरपालिका-६ स्थित जामुनाखर्क माविमा अध्यनरत एक जना बिद्यार्थीले भने आफुलाई बिद्यालयबाट रेस्ट्रिकेट गरि दिन भन्दै चिठ्ठी लेखेका छन् । "/>

प्रधानाध्यापकलाई विद्यार्थीको मार्मिक पत्र- ‘मलाई रेस्ट्रिकेट गरिदिनु’

प्रधानाध्यापकलाई विद्यार्थीको मार्मिक पत्र- ‘मलाई रेस्ट्रिकेट गरिदिनु’

केन्द्रबिन्दु
0
Shares

बिद्यार्थीले आफु बिद्यालयमा हाजिर हुन् नसक्दा र माफी माग्नका लागि पत्र लेख्छन् । तर म्याग्दीको बेनी नगरपालिका-६ स्थित जामुनाखर्क माविमा अध्यनरत एक जना बिद्यार्थीले भने आफुलाई बिद्यालयबाट रेस्ट्रिकेट गरि दिन भन्दै चिठ्ठी लेखेका छन् ।

ति बिद्यार्थी हुन् पूजा खत्री जो उक्त बिद्यालयमा कक्षा ६ मा पढ्छिन । ‘म धेरैजसो विद्यालयमा उपस्थित हुन पाइनँ, अब मलाई विद्यालयबाट रेस्ट्रिकेट गराइ दिनुहुन हार्दिक अनुरोध गर्दछु।’ उनले पत्रमा लेखेका छन् ।

उनले यस्तो पत्र लेख्नुका पछाडि एउटा खास कारण पनि छ । छात्रले पत्रको अन्त्यमा जानाकारी भन्दै आफु बिद्यालय आउन नसक्नुको मार्मिक कारण उल्लेख गरेकी छन् । घरमा खाने खर्च र लेख्ने पढ्ने कापी कलम नभएको तथा आफुलाई पढाइ दिने कोहि पनि नभएकाले आफु बिद्यालय आउन नसकेको उनले पत्रमा लेखेका छन् ।

विद्यार्थीको पत्रले स्तब्ध प्रधानाध्यापक सोमनाथ ढुंगानाले स्थानीय निकायको पहलमा उक्त परिवारमा रहेका अन्य बालबालिकाको पढाईका लागि पहल थालेका छन् । पूजा अहिले हजुरबुबा र भाइबहिनीसंग बस्दै आएका छन् ।

Skip This
Skip This
Logo