पहिलो बिबाह असफल भएपछि युवतीले दोश्रो बिबाह गर्छिन् । छोरो र श्रीमती छोडेर उनका श्रीमान् कामको सिलसिलामा बैदेशिक रोजगारीमा जान्छ । "/>

ललितपुरमा नाटकीय घटना: प्रेमिकाको मृत्यु, प्रेमी पक्राउ

ललितपुरमा नाटकीय घटना: प्रेमिकाको मृत्यु, प्रेमी पक्राउ

केन्द्रबिन्दु
0
Shares

पहिलो बिबाह असफल भएपछि युवतीले दोश्रो बिबाह गर्छिन् । छोरो र श्रीमती छोडेर उनका श्रीमान् कामको सिलसिलामा बैदेशिक रोजगारीमा जान्छ ।

यता छोरासंगै बस्दै आएकी युवती अर्कैको प्रेमजालमा पर्छ । युवतीका प्रेमी पनि बिबाहित नै हुन्छ । दुवै जनाको प्रेम झाँगिरहेका बखत एकदिन प्रेमिकाले प्रेमिलाई फोन गर्छ । तर प्रेमीले फोन उठाउदैन बरु उसको नम्बर नै ब्ल्याक लिस्टमा राख्छ । त्यसपछि प्रेमिका सिधै प्रेमीको कोठामा पुग्छ ।

प्रेमी आफ्नो कोठामा श्रीमतीको साथमा हुन्छ । प्रेमी/प्रेमिका दुवैबीच बादबिबाद शुरु हुन्छ । त्यसैक्रममा युवतीको मृत्यु हुन्छ ।

यो कुनै कुनै नाटक अथवा चलचित्रको कथा होइन बुधबार ललितपुरको इमाडोलमा घटेको घटना हो । घटनाका दुई पात्र हुन् काभ्रेकी अञ्जना श्रेष्ठ र ललितपुर बुङ्मतिका राजेन्द्र नकर्मी ।

युवतीको मृत्यु कसरी भयो भन्ने बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारीमा आए अनुसार युवतीले आफैले आफैलाई चक्कु प्रहार गरि आत्महत्या गरेको जस्तो देखिएको छ । यसै सिलसिलामा अहिले नकर्मी प्रहरीको हिरासतमा छ ।

Logo