अबको १० बर्षभित्र अर्थात् २०८५ सालभित्र ८ कक्षा उत्तिर्ण नगर्नेले कुनै पेशा ब्यबसाय अथवा जागिर गर्न नपाउने सम्भावना छ । "/>

०८५ सालभित्र ८ कक्षा उत्तिर्ण नगरे अयोग्य नागरिक !

०८५ सालभित्र ८ कक्षा उत्तिर्ण नगरे अयोग्य नागरिक !

केन्द्रबिन्दु
0
Shares

अबको १० बर्षभित्र अर्थात् २०८५ सालभित्र ८ कक्षा उत्तिर्ण नगर्नेले कुनै पेशा ब्यबसाय अथवा जागिर गर्न नपाउने सम्भावना छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाको सचिवालयमा पेश गरेको ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा ब्याख्या गर्न बनेको बिधेयक, २०७५’ मा यस्तो ब्यबस्था गरिएको छ । यो बिधेयक प्रतिनिधि सभामा पेश भै पारित भएको खण्डमा यो ब्यबस्था लागु हुनेछ ।

सम्पूर्ण नागरिकले आधारभूत शिक्षा अनिवार्यरुपमा प्राप्त गर्ने बातावरण बनाउनका लागि यो ब्यबस्था राखिएको बिधेयकमा उल्लेख छ । ‘२०८५ बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति देहायको कुनै अवसर प्राप्त गर्न योग्य मानिने छैन ।’ बिधेयकमा भनिएको छ ।

बिधेयकमा उल्लेख भए अनुसार त्यस्तो व्यक्तिले कुनै पनि सरकारी, अर्ध सरकारी, गैरसरकारी तथा निजी सस्थामा कुनै पनि पदमा निर्बाचित, नियुक्ति वा मनोनयन हुन् र रोजगारी प्राप्त गर्न अयोग्य मानिने छ ।

त्यस्तै कुनै पनि कम्पनी, सहकारी, फर्म वा सस्था स्थापना गर्न पदाधिकारी बन्न र सेयरधनी बन्न पाइने छैन । त्यति मात्रै होइन यस्तो व्यक्तिले कुनै पनि पेशा, रोजगार ब्यबसाय संचालन गर्न कुनै नियमनकारी निकायबाट लिनुपर्ने अनुमति पत्र वा इजाजत पत्र प्राप्त गर्न सक्दैन

 

Skip This
Skip This
Logo