राजधानीको कलंकीमा निर्मित ‘अण्डरपास रोड’ संचालनमा आएको एक साता नबित्दै बन्द भएको छ । चक्रपथ सुधार आयोजनाले बाँकी काम गर्नका लागि भन्दै सवारी संचालनमा रोक लगाएको हो ।
यो रोड गत भदौ १ गतेदेखि संचालनमा ल्याइएको थियो । संचालनमा आए पनि सवारी चलाउन भने मुस्किल हुने गरेको सवारी चालकहरुले बताउदै आएका थिए । सडकमुनिबाट सवारी चलाउदा धुलोले सवारी चलाउन निकै सास्ती हुने गरेको उनीहरु बताउछन । ‘अण्डरपास रोड’ संचालनमा आएसंगै घटेको कलंकीको जाम फेरि सुरु भएको छ ।
यो अन्डरपास नेपालकै पहिलो हो ।सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो ।





























प्रतिक्रिया