बकर–इद, मुस्लिम धर्मावलम्बीले हर्ष र उत्साहका साथ मनाइरहेका छन् ।
मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् । यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ ।
बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ । आजको दिन मुस्लिमहरुको लागि बिदा दिइदै आएकोमा यो वर्षबाट बिदा काटिएको छ । तर प्रदेश १,२ र ५ मा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । हेर्नुहोस् भिडियोमा –





























प्रतिक्रिया