प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा जडान गरिएको ग्याँसको उद्घाटन गर्ने भएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विराटनगर महानगरपालिका – १४ मा संचालन गरेको अभियानको उद्घाटन तथा निरीक्षण गर्न लागेका हुन् । विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा कार्यक्रम संचालन भएको हो । अभियानका लागि स्थानीय गोसेवा सदनले गाईको गोबर संकलन गरी बायोग्यास उत्पादन गरेको हो।
अभियान अन्तर्गत एक सयभन्दा बढी स्थानीयका घरघरमा पाइप बिछ्याएर ग्यास पु¥याइएको छ। त्यसबापत उपभोक्ताले एक सिलिन्डर बराबरको ११ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।





























प्रतिक्रिया