काठमाडौं

सरकारी अनुगमन टोलीलाई अवरोध पुर्याउने व्यवसायीलाई छुटाउनका लागि कालीमाटी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी नै लागेका छन् । "/>

अवरोध गर्ने व्यवसायी छुटाउन सहसचिव सक्रिय : कालीमाटी तरकारी बजार अनुगमन

अवरोध गर्ने व्यवसायी छुटाउन सहसचिव सक्रिय : कालीमाटी तरकारी बजार अनुगमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारी अनुगमन टोलीलाई अवरोध पुर्याउने व्यवसायीलाई छुटाउनका लागि कालीमाटी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी नै लागेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्ता अधिकारकर्मी र प्रहरी सहितको अनुगमन टोलीले सोमबार बिहान ३ बजे कालीमाटी बजारमा तरकारीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनुगमन टोलीलाई अवरोध गर्ने तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र व्यवसायी विमल ढुंगानालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ परेका दुई व्यवसायी छुटाउनका लागि समितिका अध्यक्ष एंव कृषि विकास मन्त्रालयका सहसचिव सुवेदी भने दिउँसो बबरमलस्थित वाणिज्य विभागको कार्यालय पुगेका थिए । विभागका महानिर्देशकसँगै अनुगमनमा गएका शाखा अधिकृत दिपकराज पोखरेलसमक्ष व्यवसायीलाई तारेखमा छुटाउन उनले आग्रह गरेका थिए । लामो समय सम्म थुनामा राख्दा थप समस्या आउने देखिएको जिकिर गर्दै अध्यक्ष सुवेदीले भने, “एक/दुई दिन भित्र तारेखमा छोडदिनु पर्यो ।” अनुगमनमा अवरोध गर्न व्यवसायीलाई छुटाउनको लागि सरकारी निकायका उच्च अधिकारी नै लागेपछि उपभोक्ता ठग्ने व्यवसायीलाई थप प्रश्रय मिलेको छ ।

अनुगमनस्थल पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताए । किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने विचौलिया नियन्त्रण गरी उत्पादक र उभोक्ताबीचको दूरी घटाउन नियमितरूपमा अनुगमन गरिने मन्त्री यादवको भनाइ छ ।

यता अनुगमनमा अवरोध गर्ने व्यापारीहरुको दर्ता खारेज गर्ने सरकारले तयारी थालेको छ । यस विषयमा आज मन्त्रीस्तरिय छलफल गरिने बताइएको छ ।
कारोबारबाट

Logo