नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले आज मंगलबार देखि  अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ । "/>

आजदेखि अनिश्चितकालका लागि देशभरि नै तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा

आजदेखि अनिश्चितकालका लागि देशभरि नै तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा

केन्द्रबिन्दु
0
Shares

 नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले आज मंगलबार देखि  अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा हिजो बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले आज मंगलबार देखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेर किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन् ।

 

Logo