पूर्व नेपाली राजदूत केशव झा मृत फेला परेका छन् । प्रहरीले बबरमहलस्थित निवासको ओछ्यानमै रगत लतपतिएको अवस्थामा उनको शव फेला पारेको हो । "/>

पूर्व राजदूत केशव झाको ओछ्यानमै हत्या ! (अपडेट)

पूर्व राजदूत केशव झाको ओछ्यानमै हत्या ! (अपडेट)

केन्द्रबिन्दु
0
Shares

पूर्व नेपाली राजदूत केशव झा मृत फेला परेका छन् । प्रहरीले बबरमहलस्थित निवासको ओछ्यानमै रगत लतपतिएको अवस्थामा उनको शव फेला पारेको हो । शवमा रगत लतपतिएको र ढोकामा ताला लगाइकोले घटना शंकास्पद रहेको  प्रहरीले बताएको छ ।

उनको भान्छामा प्रयोग हुने चक्कु प्रहार गरि हत्या गरिएको हुन् सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले शवसंगै चक्कु पनि फेला परेको जानकारी दिए । 

प्रहरीका अनुसार आइतवार राति झा र उनकी श्रीमती छुट्टाछुट्टै कोठामा सुतेका थिए । घटनास्थलमा अहिले चिकित्सक र तालिम प्राप्त कुकरसहित अनुसन्धान भैरहेको छ । झाको छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए । फ्रान्सका लागि पूर्व नेपाली राजदूत झा श्रीमती र एक कामदारसहित बस्दै आएका थिए। 

Skip This
Skip This
Logo