तरकारी ब्यबसायीले अनुगमन टोलीलाई नै थुनेपछि…

तरकारी ब्यबसायीले अनुगमन टोलीलाई नै थुनेपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको मुख्य तरकारी बजार कालिमाटी दिउसो प्राय: सुनसान हुन्छ तर मध्यरातदेखि नै चहलपहल सुरु हुन्छ । तरकारी व्यापारीहरु बिहान २ बजेदेखि नै किनमेलका लागि आउछन् । तर सोमबार बिहान ३ नबज्दै ब्यापारीहरुसँगै कालिमाटी तरकारी बजार पुगे सरकारी अनुगमन टोली पनि ।

तरकारीमा बिचौलिया प्रवृति नियन्त्रण गर्न भन्दै अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उल्टै ब्यापारीहरुले नै नियन्त्रणमा लिए । अनुगमन टोलीलाई बजारबाट ४ घण्टासम्म बाहिर समेत निस्किन नदिएपछि उनीहरुको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।

टोलीलाई प्रहरीले ‘स्कटिङ’ गरेर बजारबाट बाहिर निकालेको थियो । अनुगमनका क्रममा बिलबिजक नभएका २ वटा ट्रकसमेत नियन्त्रणमा लिइएको छ । फर्सी र काक्रो बोकेको उक्त ट्रकहरु नियन्त्रणमा लिएपछि ब्यापारीहरुले नाराबाजी गरेका थिए । ना ४ च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई प्रहरीले नियन्त्रमा लिएको छ । बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार छन् ।

 

 

Logo