तुलसीपुर

दाङमा प्रहरीले पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । "/>

दाङमा पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जना पक्राउ

दाङमा पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तुलसीपुर

दाङमा प्रहरीले पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । ६० किलो अबैध चरेस सहित पक्राउ परेका पाँच जना मध्ये २ जना श्रीमान श्रीमती पनि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्ण हरि शर्माले जानकारी दिए । चरेसको मात्रा हाल सम्मकै ठूलो परिमाण हो ।

लमही नगरपालिका ९ अमेलियामा लागु औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले छापामार्दा ६० किलो चरेस सहित ५ जनालाई पक्राउ गरेको हो ।

केहिदिन अघि पक्राउ परेका रुकुम मुसीकोट नगरपालिका ११ का ४५ बर्षिय प्रेमबहादुर घर्ती, सल्यान दार्माकोट गाउँपालिका ५ का ३५ बर्षिय डिल्लीराज चन्द, रुकुम पुथाउत्तरगंगा १ काल्दुङ घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्दै आएकी ३० बर्षिया रुपा घर्ती, रुकुम भुमेगाउँपालिका २ बस्ने २७ बर्षिया सपना बुढा र धु्रबजंग बुढालाई आइतबार ६० किलो चरेस सहित सार्वजनिक प्रहरीले सार्वजनिक गरेको हो ।

रुकुमका प्रेमबहादुर घर्ती र सल्यानका डिल्लीराज चन्दलाई शंकास्पद अबस्थामा पक्राउ गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट थप व्यक्तिहरुलाई बिभिन्न स्थानबाट पक्राउ र चरेस बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
राजधानीबाट

Skip This
Skip This
Logo