जनकपुर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गरेका छन् । "/>

प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – अब रेल कुद्छ कुद्छ !

प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – अब रेल कुद्छ कुद्छ !

केन्द्रबिन्दु
0
Shares

जनकपुर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गरेका छन् । ओलीले सम्बोधनमा मुलुकको विकास र समृद्धिमा कुनै पनि सम्झौता हुन नसक्ने बताएका छन् । उनले विकास निर्माण देखि निर्वाचनको बेला सप्तरीमा भएको घटनाको समेत स्मरण गरे । प्रधानमन्त्री भएको ६ महिना हुन लागेको बताउँदै ओलीले अब ९ वटा ६ महिनामा देशको आमुल परिवर्तन गरेर छोड्ने बताए । ‘एउटा ६ महिना बित्न लाग्यो’, प्रधानमन्त्री ओलीले भने, ‘अझै ९ वटा ६ महिना बाँकी छन् । यो अवधिमा देशमा ठूलो परिवर्तन हुन्छ ।’

प्रदेश २ मा सबैभन्दा धेरै आलोचित रहेका बताउँदै उनले सबैभन्दा बढी विकास पनि सो प्रदेशमा गरेर देखाउने घोषणा गरे । ओलीले प्रदेश २ को विकासलाई सबैभन्दा बढी प्राथमिकता दिने बताए । विकासका अधिकांश पूर्वाधार प्रदेश २ बाटै सुरुवात हुने उनको भनाइ छ । रेल र पानी जहाजको सुरुवात प्रदेश २ वाटै हुने उनले घोषणा गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा रेल कुदाएर छाड्ने दोहोर्याए । प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल कुदाएर नै छोड्ने प्रतिबद्धता दोहोर्याएका हुन् । ‘पूर्वपश्चिम रेल बनाएरै छोड्ने हो, त्यो तराईबाटै सुरु हुन्छ त्यसले कसलाई फाइदा हुन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘सबैभन्दा फाइदा यही प्रदेशलाई हुन्छ । प्रदेश २ मा रेल कुदेपछि मात्र कोशी पूर्वमा रेल कुद्छ ।’

उनले उत्तर दक्षिण रेल कुदाउन भारत र चीनले प्रतिवद्धता जनाइसकेको बताए । उनले अब नेपालमा रेल दगुर्ने कुरामा आशंका नगर्न आग्रह गरे । ‘अब शंका नगर्नु नेपालमा रेल कुद्छ कुद्छ’, ओलीले भने ।

यसैगरि ओलीले दुई २ भएर नै पानी जहाज कलकता पुग्ने बताए । प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली झण्डा राखेर पानी जहाज कलकता पुग्ने घोषणा गरेका हुन् । उनले हनुमाननगर हुँदै छिटै पानी जहाज कुदाउने बारेमा अध्ययन भइरहेको बताए । ‘नेपाली झण्डा राखेर पानी जहाज हिंडाउने हो, हनुमाननगरबाट छिट्टै नै पानी जहाज कलकत्तासम्म पुग्छ’, ओलीले भने, ‘त्यसको अध्ययन भइरहेको छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo