संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विकास सम्बन्धी पुरातन सोचाईका कारण मुलुक पछि परेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित फाष्टफुड एसोसिएसन नेपालको छैठौ अधिवेशनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले विकास बारेको पुरातन सोचाईमा परिर्वतन ल्याउनुपर्ने बताएका हुन् । विकासका लागि मुलुकका सबै गतिविधिलाई चौबिसै घण्टा संञ्चालनमा ल्याईनुपर्ने उनको तर्क थियो ।
उनले उद्योग, कल कारखाना, होटल तथा महत्वपुर्ण शहरहरुलाई चौबिसै घण्टा संञ्चालनमा ल्याउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभयो । आफुले नया सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उद्घोष पनि उनले गरे ।
मन्त्री अधिकारीले राजधानी काठमाण्डौको मुख्य चुनौति सडक सुधार र वायु प्रदुषण रहेकाले वातावरणीय दृष्टिले स्वच्छ बनाउन सक्ने हो पर्यटन लगायतका व्यवसाय फस्टाउने बताउनुभयो । भुकम्पले क्षतिपुगेका सम्पदा पुर्ननिर्माणको काम तिब्र गतिमा अघि बढेकाले एक बर्ष भित्र अधिकांश सम्पदा पुर्ननिमाणको काम सम्पन्न हुने दाबी गरे ।
उनले नेपालको फाष्टफुड संसारकै सर्वोत्कृष्ट फास्टफुड बनाउनतर्फ लागि पर्न पनि व्यवसायीलाई सुझाव दिए ।































प्रतिक्रिया