काभ्रेको ब्लु साईन क्रसर उद्योगमा भएको आगजनीमा पूर्वमन्त्री खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड) को संलग्ता रहेको आरोपमा पक्राउ परेका छन् । गत साउन २२ गते चन्दा असुलीको अभियोगमा पक्राउ परेका उनी शुक्रबार रिहा भए लगतै पक्राउ परेका हुन् ।
पक्राउ परेका नेता प्रकाण्डलाई संगठित अपराध र आगजनी मुद्धामा आइतबार जिल्ला अदालत काभ्रेमा म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । उनलाई अहिले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि नै प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्दय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनी नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता समेत हुन् ।





























प्रतिक्रिया