काठमाडौँ

सगरमाथा आरोहणका क्रममा आरोहीलाई सहज बनाउन टाँगिएका डोरी बर्सौंदेखि नउठाइँदा फोहोर बढेको छ । "/>

सगरमाथा आरोहणमा पुराना डोरीले दुर्घटना बढायो

सगरमाथा आरोहणमा पुराना डोरीले दुर्घटना बढायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सगरमाथा आरोहणका क्रममा आरोहीलाई सहज बनाउन टाँगिएका डोरी बर्सौंदेखि नउठाइँदा फोहोर बढेको छ । यसले दुर्घटना पनि उत्तिकै हुने गरेको छ । आरोहण सञ्चालक संघ नामक संस्थाले क्याम्प २ भन्दा माथि वार्षिक रूपमा टाँग्दै आएको डोरी हालसम्म नउठाइँदा आरोहणमा समस्या हुने गरेको छ ।

वार्षिक करिब पाँच हजार मिटर डोरी टाँगेर छाडिँदा तिनले आरोहीलाई समस्या हुने गरेको फुर्वा नाम्गेल शेर्पाले बताए । सगरमाथामा आरोहणको ६५ वर्ष देखि टाँगिएका डोरी उठाइएको छैन । आरोहण सञ्चालक संघले पछिल्लो समय डोरी टाँगेर बाटो निर्माण गर्ने भन्दै प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल्दै आएको छ ।

डोरी टाँग्ने र सिजनमा आरोहण सम्पन्न भएपछि डोरी पुनः उठाउनपर्ने भए तापनि सरकारी अनुगमन नहुँदा हिमालमा जथाभावी डोरी छाडिएको हो । पुराना डोरी मक्किएको हुने र अनुभव नभएका गाइड र आरोहीले नयाँ डोरी नचिन्दा दुर्घटनासमेत हुने गरेको आरोहीहरूको भनाइ छ। आरोही, गाइड र कम्पनीहरूले टाँगिएका डोरी जसरी पनि उठाउनुपर्ने भने पनि पैसा लिएपछि जिम्मा लिएका संस्थाले काम नगरेको उनीहरूको आरोप छ ।

आरोहण सञ्चालक संघले प्रत्येक वर्ष डोरी टाँग्ने जिम्मा लिने र दुई सय डलर संकलन गरी लाखौं कमाएर जिम्मेवारी पूरा नगर्ने भएकाले पर्यटन विभागले तत्काल डोरी संकलन गर्न लगाउनुपर्ने आरोही लाक्पा शेर्पाको भनाइ छ । संघले आरोहण सञ्चालन गर्न पठाएका केही गाइडमध्ये पाँच देखि आठ जनालाई जनही पाँच सय डलर दिएर डोरी टाँग्ने काममा लगाउने र बाँकी रकम खुलेआम ठगी गर्ने गरेको उनको आरोप छ ।
अन्नपूर्णबाट

Logo