काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले मुलुकी देवानी र मुलुकी अपराध संहिता कतिपयले वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताएका छन् । "/>

संहितामा कमिकमजोरी भएमा संसोधन गर्न सकिन्छ : प्रधानमन्त्री

संहितामा कमिकमजोरी भएमा संसोधन गर्न सकिन्छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले मुलुकी देवानी र मुलुकी अपराध संहिता कतिपयले वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताएका छन् । उनले भने – ‘संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु’ प्रधानमन्त्री ओलीले भने – ‘यसबाट त्रसित हुनु पर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खोजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका हुन् । कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेला देखि मुलुकी ऐनलाई संसोधन गर्ने काम सुरु भएको बताए । ‘अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो’ प्रधानमन्त्री ओलीले भने ‘यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो ।’

प्रधानमन्त्री ओलीले संहितामा कमिकमजोरी केही भएमा संसोधन गर्न सकिने बताए । ‘यस संहितालाई कार्यान्वयन गर्न सरकार दृढ छ ।’ यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे ।
नयाँ पत्रिकाबाट

Logo