काठमाडौँ

एक वर्षमा मुलुकभर चार लाख ३७ हजार ६ सय सवारीसाधन थपिएका छन्। यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । "/>

एक वर्षमा ४ लाख ३७ हजार सवारी साधन थपिए

एक वर्षमा ४ लाख ३७ हजार सवारी साधन थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एक वर्षमा मुलुकभर चार लाख ३७ हजार ६ सय सवारीसाधन थपिएका छन्। यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । गत आवमा तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएका छन्। यातायात व्यवस्था विभागका अनुसार २०७४/७५ मा मुलुकभर चार लाख ३७ हजार ६ सय १४ सवारीसाधन दर्ता भएका हुन्।

यो संख्या २०७३/७४ को तुलनामा ६ हजार ६ सय ४५ कम हो। नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले वित्तीय क्षेत्रमा तरलता अभाव र मौद्रिक नीतिका कारण अघिल्लो आवको तुलनामा गत आवमा सवारीसाधन दर्ता केही कम हुन गएको बताए। २०६१/०६२ देखि हालसम्म नेपालमा ३२ लाख २१ हजार सवारीसाधन दर्ता भइसकेका छन् ।

२०७३/७४ मा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए । गत आव तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएका छन् । अघिल्लो आव तीन लाख ५४ हजार ७१ दर्ता भएका थिए। पछिल्लो समय युवामा मोटरसाइकल मोह बढेको छ । २०७३/७४ को तुलनामा गत आवमा मोटरसाइकल दर्ता १२ हजार चार सय ४८ ले घटेको हो। गत आवमा सार्वजनिक यातायातमा प्रयोग हुने बस दर्ता पनि घटेको विभागको तथ्यांक छ । बस दर्ता दुई हजार तीन सय ७० ले घटेको छ। २०७३/७४ मा पाँच हजार तीन सय ४२ बस दर्ता भएकोमा गत आवमा दुई हजार नौ सय ७२ बस मात्र दर्ता भएका छन् ।

२०७३/७४ दुई हजार आठ मिनी बस/मिनी ट्रक दर्ता भएकोमा र गत आवमा एक हजार नौ सय ७६ दर्ता भएका छन्। मिनी बस/मिनी ट्रक दर्ता ३२ ले घटेको हो । अघिल्लो वर्षको तुलनामा गत आवमा सवारी दर्ता संख्या घटेको देखिन्छ। निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेन्ट दर्ता पाँच सय ५८ ले घटेको छ। २०७३/७४ मा १२ हजार सात सय १२ हेभी इक्विपमेन्ट दर्ता भएका थिए। २०७३/७४ मा १० हजार ६ सय ७५ पिकअप भ्यान दर्ता भएकामा गत आवमा १० हजार तीन ४२ दर्ता भएका छन् । २०७३/७४ मा १७ हजार सात सय ८२ टेम्पो दर्ता भएकोमा गत आवमा १६ हजार दुई सय नौ दर्ता भएका छन्। गत आव दर्ता भएका ट्र्याक्टर, पावर टेलर १३ हजार तीन सय ९६ छन् । 

अन्नपूर्णबाट

Logo