सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । "/>

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा भएका घटनामा दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमी क्षेत्रमा पर्ने सिन्धु खोलाले बगाउँदा मेलम्ची नगरपालिका १२ का ५५ वर्षीय लक्ष्मीबहादुर माझीको मृत्यु भएको हो । बिहान ७ बजेतिर उक्त खोला तरेर कोदो रोप्न जाने क्रममा बर्खामा उर्लिएको खहरेले उनलाई बगाएको डिएसपी बिमलराज कँडेलले बताए । घटनापछि खोजीमा जुटेको प्रहरीले साढे नौ घण्टापछि अपराह्न साँढे ४ बजे भीमटारस्थित इन्द्रावती नदीमा माझीलाई मृत अवस्थामा फेला पारेको थियो ।

यस्तै भोटेकोसी नदीले बगाएर बाह्रविसे नगरपालिका ५ गातीका २७ वर्षीय निमाछिरिङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई कसरी नदीले बगायो भन्ने खुल्न सकेको छैन।

उता ब्रह्मायणी नदीमा बुधबार ट्रिपर सहित बगेर बेपत्ता भएका चालक साङ लामा अझै फेला पर्न सकेका छैनन् । जुगल गाउँपालिकामा निर्माणाधीन बलेफी खोला–ए जलविद्युत आयोजनामा कार्यरत उनी सुरुङबाट निक्लिएको ढुंगामाटो फाल्ने क्रममा बा ४ प ९५८० नम्बरको ट्रिपरसहित चिप्लिएर नदीमा खसेका थिए ।
नागरिकबाट

Skip This
Skip This
Logo