सिरहा
नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र दश महिना देखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ । मेडिकल अधिकृत दरबन्दी पूर्ति हुन नसक्दा यो स्वास्थ्य केन्द्र ल्याब असिस्टेन्टकै भरमा सञ्चालन गर्नु परेको हो । "/>

सिरहाका स्वास्थ्य केन्द्र कामचलाउ स्वास्थ्यकर्मीका भरमा

सिरहाका स्वास्थ्य केन्द्र कामचलाउ स्वास्थ्यकर्मीका भरमा

केन्द्रबिन्दु
0
Shares

सिरहा
नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र दश महिना देखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ । मेडिकल अधिकृत दरबन्दी पूर्ति हुन नसक्दा यो स्वास्थ्य केन्द्र ल्याब असिस्टेन्टकै भरमा सञ्चालन गर्नु परेको हो ।

यस स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट दोरिकलाल कामैत स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संयोजकको जिम्मेवारी पाएर गाउँपालिकामा गए । उनी गएपछि वरिष्ठताका आधारमा ल्याब असिस्टेन्ट नन्दकिशोर राय (यादव) ले निमित्त प्रमुखको जिम्मेवारी पाए । कामैतको स्थानमा अहिलेसम्म पदपूर्ति हुन सकेको छैन । मेडिकल अधिकृतको दरबन्दी भए पनि अहिलेसम्म उक्त पद रिक्त नै छ । ‘करारमा डा रितेशराज कर्ण आए पनि उहाँले नियमित सेवा दिन सक्नु भएन । ‘डाक्टर नहुँदा बिरामीहरू भरपर्दो उपचार सेवाबाट वञ्चित भइरहेका छन्,’ निमित्त प्रमुख रायले भने, ‘अहेवहरूबाट कामचलाउ उपचार भइरहेको छ ।’

नवराजपुर गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकी तामासुइया र स्वास्थ्य चौकी मझौरा पनि कामचलाउ स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भइरहेका छन् । हेल्थ असिस्टेन्ट प्रमुख रहने यी स्वास्थ्य चौकी अहेवकै भरमा चलिरहेका हुन् । भगवानपुर गाउँपालिका अन्तर्गत एक प्राथमिक स्वास्थ्य केन्द्र र दुईवटा स्वास्थ्य चौकी छन् । मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिस्टेन्ट सुजित झाको भरमा चलिरहेको छ । स्वास्थ्य चौकी नहरा रिगौल अहेव र स्वास्थ्य चौकी इनर्वा सिअहेवका भरमा सञ्चालन भइरहेको छ ।
नागरिकबाट

Logo