बारा
ढाँडमा बाधेर लागुऔषध गाँजा तस्करी गर्ने दुई जना भारतीय नागरिक बारामा पक्राउ परेका छन । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगंज–डम्मरपुर सडक खण्डको चकरी गाउँ नजिकबाट भारतको मोतिहारी नरकटियाका लक्ष्मण साह र रक्सौलका पासपत साहलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चेकजाँज गर्ने क्रममा शरीर खानतलासी गर्दा छाती तथा ढाडको भागमा बाधी लुकाइछिपाई ल्याएको अवस्थामा पासपत र लक्ष्मणलाई पक्राउ गरेको हो । उनको साथबाट तीन किलो २ सय ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरामा राखेर आवश्यक अनुसन्धान प्रवक्ता राठौरले बताए । त्यसैगरी प्रहरीले कलैया उपमहानगरपालिका–१ स्थित सडकमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्राइएको अवस्थामा पक्राउ गरेको अवैध कुखुरा पनि नष्ट गरेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया